काठमाडौं । हिमालयन रिइस्योरेन्स कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँका दरले २ करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेको जनाएको छ । कम्पनीले ३ करोड कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमा ३० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको छ भने ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारी, १५ लाख कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ ।
बाँकी २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरेको हो । आईपीओमा न्यूनतम १० देखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने छ । आवेदन सी–आस्वाको सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत दिन सकिने छ । आईपीओमा पुस १ गतेसम्म आवेदन दिन मिल्ने छ। उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा पुस ११ गतेसम्म आवेदन दिन मिल्ने जनाएको छ ।
यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८