काठमाडौं । नबिल बैंक र नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आजसम्म कायम रहेका दुवै बैंकका सेयरधनीहरुले बैंकले तोकेको लाभांश पाउने छन् भने बैंकको आगामी साधारणसभामा समेत भाग लिन पाउनेछन् । आगामी साधारणसभा प्रयोजनका लागि बैंकले मंसिर २९ बुक क्लोज गर्ने भएको छ ।
नबिल बैंकले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले पुस १२ गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ ।
साथै नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट ३।७५ प्रतिशत बोनस सेयर र ६।८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले पुस १३ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८