कुरिलो कलिलो टुसाको लागि खेती गरिने एक बहुवर्षे तरकारी बाली हो । यो नेपालको समुद्री सतह देखि २२०० मि।सम्म कुरिलो पाइन्छ ।
कुरिलोमा पौष्टिक तथा पच्न सजिलो हुने तरकारी भएकोले बिरामी तथा कमजोर व्यक्तिहरूलाई खान दिने प्रचलन धेरै पुरानो भए पनि हाल यसलाई विभिन्न परिकारहरुमा मिसाई पकाएर खाने चलन बढ्दै गएको छ ।
नेपालमा यो बालीको खेती व्यावसायिक रूपमा भर्खरै शुरु भएको र विशेष गरी शहरी क्षेत्रमा यसको माग बढ्दै गएको पाईन्छ ।
कस्तो चाहिन्छ हावपानी रु
कुरिलो न्यानो र समशीतोष्ण हावापानी भएको स्थानमा राम्रो हुन्छ । काठमाडौं जस्तो समशीतोष्ण हावापानी भएको नेपालाको मध्य पहाडी भुभागमा यसको खेती गर्नु उपयुक्त हुन्छ ।
यसको खेती १५— १८ डि।से। औसत तापक्रम भएको क्षेत्रमा राम्ररी गर्न सकिन्छ । बिरुवाको वृद्धि विकासका लागि ३—५ महिनासम्म सुषुप्त अवस्थामा रहनु अति आवश्यक हुन्छ । सुषुप्त अवस्थामा रहन माटोको तापक्रम १० डि।से। भन्दा कम हुनुपर्दछ । कुरिलोको क्राउनलाई जाडो तथा चिसोले खासै असर गर्दैन । जाडो महिनापछि पनि तुषारो अथवा जाडोरहिरहने ठाउँ भने छनोट गर्नु हुँदैन ।
कुरीलो खेतीको लागि हुनुपर्ने माटोको गुण
कुरिलो एउटा बहुवर्षे बाली भएकोले प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको मलिलो गहिरो, खुकुलो माटो राम्रो हुन्छ ।
झारपात कम उम्रने जमिन हुनुआवश्यक छ । माटोको पी।एच। ६ देखि ७।५ सम्म राम्रो मानिन्छ । पानीको निकास नभएको अथवा दिनभरि प्रकाश नपर्ने ठाउँलाई कुरिलो लगाउनका लागि राम्रो मानिदैन ।
कुरिलो खेतीका लागि बाह्रै महिना पानीको सुविधा भएको बलौटे दोमट माटो, पारिलो घाम लाग्ने जमिन हुनु आवश्यक छ । बहुवर्षीय झारको प्रकोप बढी भएको ठाउँलाई पनि छनोट गर्नु हुँदैन ।
यस्ता छन् कुरिलोको जातहरूः
शुरुमा मेरी वासिङ्टने जात निकै प्रचलित थियो । यसको स्वाद मीठोभए पनि टुसा सानो हुने तथा टुसा पलाउने समयको अन्तराल अलि बढी हुनेभएकोले यो जातको प्रचलन घट्दै गएको पाइन्छ ।
अमेरिकन जर्सी किङ जातको कुरिलो हाल नेपालमा प्रचलनमा पाइएको छ । यसको स्वाद प्रभावकारी हुनुका साथै १०० ग्रामसम्मको ठूलो टुसा उत्पादन हुन्छ । टुसा दिने समयको अन्तराल पनि छोटो–छोटो हुन्छ ।
यसरी गर्न सकिन्छ हेरचाह
कुरिलोको सबैभन्दा ठूलो समस्या भनेको झारपात हो । त्यसैले पटक– पटकको खनजोत र गोडमेलले झारपात नियन्त्रण गर्न सकिन्छ । २/३ इन्चभन्दा बढी गहिरो खन्नाले जरालाई नोक्सानी पु¥याउन सक्छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८