काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको साधारण सेयर (आईपीओ) मा दोस्रो दिनसम्ममा ७ लाख ३३ हजार ६६ जना आवेदकले १ करोड ३२ लाख ५१ हजार ५१० कित्ताका लागि २ अर्ब ७२ करोड ९८ लाख ११ हजार ६० रुपैयाँको आवेदन दिएका छन् ।
सीडीएससीका अनुसार बिहीबार साँझ ५ बजेसम्म उक्त आवेदन परेको हो । कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँका दरले सेयर निष्कासन गरेको हो ।
आईपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिने छ। सो अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा पुस ११ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
आवेदनकर्ताले सी आस्वा सदस्य रहेको बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत कम्पनीको आईपीओमा आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८