काठमाडौं ।
बिहीबार राति नेपालबाट पनि मिथुन उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने छ ।
यदि आकाश खुल्ला रह्यो भने नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षालाई हेर्न सकिने छ ।
खगोलविदहरुले यो उल्का वर्षालाई ‘जेमिनिड्स’ नाम दिएका छन् ।
आकाशमा जेमिनाई अर्थात् मिथुन राशितिरबाट आएको देखिने हुनाले यो उल्का वर्षालाई वैज्ञानिकहरुले ‘जेमिनिड्स’ नाम दिएका हुन् ।
अमेरिकाको अन्तरिक्ष अन्वेषण निकाय नासाले जेमिनिड्सलाई यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा भनेको छ ।
यो उल्का वर्षा विभिन्न रंगमा देखिने छ । स्थानीय समयानुसार बिहीवार मध्यरातपछि नेपालको जुनसुकै ठाउँबाट बिहान ३(४ बजेसम्म उल्का वर्षालाई खाली आँखाले नै हेर्न सकिन्छ ।
वैज्ञानिकहरुका अनुसार जेमिनिड्स उल्का वर्षा हरेक वर्ष डिसेम्बर मध्यतिर हुन्छ । यस वर्ष यो २० डिसेम्बरसम्म हुनेछ । तर उत्कर्षमा पुग्ने बिहीबार र शुक्रबार हो ।
नेपालसहित संसारका सबै भागबाट प्रत्येक घण्टा १०० देखि १२० वटासम्म जेमिनिड्स उल्का वर्षा देख्न सकिने खगोलविदको भनाई छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८