काठमाडौं । स्टयान्डर्ड चार्टर्ड बैंकले ब्याजदर घटाएको छ । बैंकले पुस १ गतेबाट लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले पुसमा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ८।५६ प्रतिशतसम्म ब्याज दिने भएको छ भने मुद्दति निक्षेपको तर्फको न्यूनतम ब्याज ५ प्रतिशत रहेको छ । बैंकले हालसम्म ८।९७ प्रतिशतसम्म ब्याज दिँदै आएको छ । बैंकले संस्थागत निक्षेपमा ४।७५ प्रतिशत ब्याज दिने उल्लेख गरेको छ ।
बैंकको पछिल्लो आधारदर ७।८४ प्रतिशत रहेको छ । यसका साथै बैंकबाट कर्जा लिँदा अधिकतम १२।८४ प्रतिशत ब्याज तिर्नुपर्ने जनाएको छ । यसअघि एनआईसी एशिया, कुमारी, एनएमबि लगायत बैंकलेहरुले पनि ब्याजदर घटाएका छन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८