काठमाण्डौ । हालै मलेसियाको पेनाङमा सञ्चालन भइरहेको ३४औँ अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालको तर्फबाट छिरिङ वाङ्दी शेर्पा र प्रबल उप्रेती फाइनलमा प्रवेश गरेका छन् । यसका साथै कम्तीमा दुई रजत पदक नेपालको पक्का भएको छ।
पुरुष ५१ केजी तौल समूहमा प्रबलले इन्डोनेसियाका हसान बिन अजानलाई ५–० अङ्कको आधारमा पराजित गरी फाइनलमा प्रवेश गरेका हुन् । पुरुष ५७ केजीमा छिरिङले सिङ्गापुरका अब्दुल वाफी बिन इड्रिसलाई तेश्रो राउन्डमा आरएससीका आधारमा हराउँदै फाइनल स्थानलाई हात पारेका हुन् ।
पुरुष ५४ केजीमा सिंहवीर लिम्बु तथा ६० केजीमा शुलभ माली सेमिफाइनलमै रोकिएपछि कास्यमै सीमित भएका हुन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८