काठमाडौं । त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा एनएमबि बैंककाे नयाँ एटीएम सञ्चालनमा आएको छ। बैंकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि नयाँ एटीएम सञ्चालन गरेको जनाएको छ ।
बैंकले यसअघि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडान स्थलको यात्रु प्रस्थान गर्ने स्थानमा तथा अन्तर्राष्ट्रिय आगमन कक्षमा एटीएम सञ्चालनमा ल्याइसकेको छ।
साथै बैंकले रामबजार, पकाडि, सुरुङा, ड्राइभर टोल, मिर्चैया, बेलौरी, कारकाँदो, तुर्तुरे, तौलिहवा, टिकापुर, कुडिया सुस्ता, लमही, मलङ्वा, बौनिया, जीतपुर सिमरा, धुलाबारी, फूलबारीमा समेत नयाँ एटीएम सञ्चालनमा ल्याएको छ।
यसैगरी देशभर २०१ शाखा, १६६ एटीएम, १२ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको एनएमबी बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८