गत वर्ष २०७९ साउन १० गतेबाट ललितपुरको ठेचोमा सुरु भएको श्री नवदुर्गा भवानीको बाह्र बर्षे जात्रा शनिबार समापन भएको छ ।
जात्रा समापन कार्यक्रमका लागि शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ठेचोस्थित मन्दिर परिसर आएका हुन ।
श्री नवदुर्गा भवानी गुठीका अध्यक्ष धर्मराज मालीले जात्राका क्रममा स्वयमेसेवा गर्ने युवाहरुलाई सम्मान लगायतको कार्यक्रम राखे बताए ।
गत बर्षको साउनबाट सुरु भएको जात्राका विभिन्न २८ वटा पुजा धार्मिक पुरातात्विक नाच लगायतका अनुष्ठान गरिएको थियो ।
जात्राका क्रममा ठेचोबासीलाई देशभोजको आयोजना गरिनुका साथै सुनाकोठीस्थित वालकुमारी मन्दिरपरिसरमा कुल्पी यज्ञ समेत आयोजना गरिएको थियो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८