काठमाण्डौ । एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटको उपाधि बंगलादेशले हात पारेको छ । आयोजक टोली यूएईलाई १ सय ९५ रनले हराउँदै बंगलादेशले यो उपाधि जितेको हो ।
दुबईमा बंगलादेशले दिएको २ सय ८३ रनको लक्ष्य पछ्याएको यूएई २४ ओभर पाँच बलमा ८७ रन बनाउँदा अलआउट भएको हो । उसका लागि ध्रुव परासरले सर्वाधिक २५ रन बनाए भने बंगलादेशका मरुफ मृधा र रोहनत दुल्लाह बोर्सोनले ३र३ विकेट लिएका थिए ।
यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले अशिक रहमान शिब्लीको शतक मद्दतमा २ सय ८२ रन बनाएको थियो । बंगलादेशले भारतलाई र यूएईले पाकिस्तानलाई हराएर फाइनलमा पुगेका थिए । प्रतियोगितामा नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८