काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज (सोमबार)४९औँ दीक्षान्त समारोहको आयोजना गर्दैछ । दशरथ रङ्गशालामा आयोजना हुने उक्त्त समारोहका प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल रहने छन्।
समारोह बिहान साढे ११ बजेदेखि शुरु हुने भएकोछ । विद्यार्थीका लागि बिहान १० बजेदेखि नै समारोहस्थल खुल्ला हुने विश्वविद्यालयले जनाएको छ । यो वर्ष १२ हजार चार सय १५ जना विद्यार्थी दीक्षित हुन लागेका छन् ।
२०७९ सालको असारदेखि २०८० सालको असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये १२ हजार चार सय १५ जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिएको त्रिविले जनाएको छ ।
यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थी विभिन्न विभूषणबाट विभूषित हुँदैछन् । उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम समेत रहेको छ । त्यस्तै, एमफील र पीएचडीतर्फ गरी एक सय १३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने त्रिविले जनाएको छ ।
दीक्षान्त समारोहमा रहेका ५३ वटा स्टलहरूबाट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिनेछ । एमफीलरपीएचडीका विद्यार्थी र पदक पाउने विद्यार्थीहरुले राष्ट्रपतिको हातबाट नै पदक तथा प्रमाणपत्र पाउँछन् भने अरुले स्टलबाट प्रमाणपत्र लिनुपर्छ ।
त्रिविले यो वर्षदेखि सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गरिँदै आएको ‘कुलपति पदक’ भने बन्द गरेको छ । लेटर ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्दै आएको त्रिविले उत्कृष्ट विद्यार्थी पाउन गाह्रो भएको भन्दै उक्त्त पदक बन्द गराएको हो । यसका साथै समान अङ्क ल्याउने एउटै ब्याचका विद्यार्थीहरुमध्ये त्रिविले आफूखुशी नाम छनोट गरेको विद्यार्थीहरुके गुनासो रहेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८