काठमाडौँ । इसेवा र नागरिक स्टक डिलरबीच सेयर खरिद तथा बिक्री सेटलमेन्टको भुक्तानीका लागि सम्झौता भएको छ ।
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा बाट नागरिक स्टक डिलर मार्फत हुने सेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ ।
त्यैगरी नागरिक स्टक डिलर, मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क भुक्तानी समेत इसेवा मार्फत गर्न सकिने छ। यो सम्झौताले लगानीकर्ताहरुलाई नागरिक स्टक डिलरबाट गरेको सेयर खरिद–बिक्रीको सेटलमेन्ट गर्न थप सरल हुने कम्पनीले जनाएको छ ।
अनलाइन भुक्तानी गर्ने सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल प्रधानले हस्ताक्षर गरे ।
हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७८ लाख ग्राहकले सेवा लिइरहेका छन् भने देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढि जनसंख्याले समेत सेवा लिइरहेका छन् ।
इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाजको टिकट, बसको टिकट, स्कुल कलेजको फि, सेयर खरिद बिक्री, सेटलमेन्टको भुक्तानी लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा सुविधाको भुक्तानी गर्न सकिने छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८