काठमाडौं । ग्लोबल आइएमई बैंकको नेतृत्वमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको शुभारम्भ गरिएको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुंगानाले क्यूआर स्क्यान गरी प्रथम कारोबारसहित सेवाको संयुक्त रुपमा शुभारम्भ गरे ।
सो प्रविधिमार्फत ग्लोबल आइएमई बैंकका भिजा कार्डबाहक ग्राहकले अब फिजिकल कार्डको प्रयोगबिना नै ग्लोबल आइएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत क्यूआर स्क्यान गरी कुनै पनि पेमेन्ट गर्न सक्नेछन् ।
भिजा स्क्यान टु पे एउटा कार्डदेखि व्यापारीसम्मको भुक्तानी सेवा हो । जसबाट कार्ड स्वाइप नगरी आफ्नो स्मार्ट फोनको प्रयोग गरेर भुक्तानी गर्न सकिनेछ ।
कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले बैंकले जारी गरेको यो प्रविधि डिजिटल प्रविधिको विकासमा कोसेढुंगा सावित हुने बताए ।
प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले ग्लोबल आइएमई बैंक नयाँनयाँ प्रविधिको विकास र विस्तारमा सधै अग्र पंत्तिमा रहेको र नयाँ प्रविधिको विकासका साथसाथै यसको प्रयोग पनि उत्तिकै जरुरी भएको र सबै सरोकारवालाहरु मिलेर यसको प्रवद्र्धन गर्न जरुरी रहेको समेत बताए ।
साथै उनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले लिएको डिजिटल नेपाल निर्माणको लक्ष्यअनुसार नयाँनयाँ प्रविधिको विकास गरेकोमा बैंक लगायत संलग्न सबैलाई धन्यवाद ज्ञापन गरे ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८