काठमाडौं । लुम्बिनी प्रदेशको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान संख्या बढाउन उक्त विमानस्थलमा यात्रा गर्ने पर्यटकलाई समेत सहुलियत दिनुपर्ने निजी वायुसेवा कम्पनीहरुले माग राखेका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण रुपमा चलाउने सम्बन्धमा आज सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा आयोजित कार्यक्रममा निजी क्षेत्रका वायुसेवा कम्पनीले सो सहुलियत दिनुपर्ने माग गरेका हुन् ।
सोमबार मुख्य सचिव बैकुण्ठ अर्यालको उपस्थितिमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटन मन्त्री सुदन किराती र राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले नेपाल वायु सेवा निगम, निजी वायु सेवा सञ्चालक कम्पनी, लुम्बिनी प्रदेशका होटल व्यवसायी, पर्यटन व्यवसायी, सिद्धार्थ उद्योग वाणिज्य संघ, नेपाल नागरिक उडडयन प्राधिकरणका प्रतिनिधिसँग छलफल गरेका हुन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि मन्त्रालयले आवश्यक नीतिगत काम तथा प्रक्रियालाई अगाडि बढाउने निर्णय समेत बैठकले गरेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८