काठमाडौँ । लुम्बिनी विकास बैंकले बल्खुमा अवस्थित बयोधा अस्पतालसँग बैंकका कर्मचारी एवम् डेबिट कार्ड बाहक तथा बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताका साथै निक्षेपकर्ताहरुलाई बिभिन्न किसिमका स्वास्थ्य उपचार सेवा सुविधाहरुमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट प्रदान गर्ने जनाएको छ ।
उक्त सुविधा बयोधा अस्पतालको बल्खु, काठमाडौस्थित मुख्य कार्यालयबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
बैंक र अस्पतालको सम्झौताअनुसार उक्त्त अस्पतालमा जनरल हेल्थ तथा महिलाको हेल्थको प्याथोलोजी र परामर्श सेवाको प्याकेज विशेष छुटमा उपलब्ध गराउने भएको छ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका मुख्य प्रबन्धक दिपक खनाल र अस्पतालको तर्फबाट मेडिकल डाइरेक्टर डा.अरबिन्द कुमार साहले हस्ताक्षर गरेका थिए ।
लुम्बिनी विकास बैंक लिमिटेडको हाल नेपालको सातवटै प्रदेशमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको छ ।
लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको जनाएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८