मौसम पूर्वानुमान महाशाखाले देशभर तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न र सचेत रहन आग्रह गरेको छ।
महाशाखाले मङ्गलवार बिहान तीन दिने मौसम बुलेटिन सार्वजनिक गर्दै चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो।
महाशाखाले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र देशको पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको जनाएको छ।
यसै गरी मङ्गलवार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।
भोली बुधवार भने देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। बिहीबार कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने उल्लेख जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८