काठमाण्डौं। नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न ५० औं राष्ट्रिय महाधिवेशनबाट पोखरेल वर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
पोखरेलले ५१० मत पाउँदा निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत मात्र प्राप्त गरिन । ८४ मतान्तरले विजयी बनेका पोखरेलले तीनजना प्रतिस्पर्धीहरू रजनी थापा, विजय गुरुङ र रश्मी शिल्पकारलाई पराजित गरे । उनी नुवाकोट जेसीजका पूर्व अध्यक्ष समेत हुन् भने अघिल्लो पटक राष्ट्रिय अध्यक्ष पदमा पराजित भएका थिए ।
साथै कार्यकारिणी उपाध्यक्षमा सिनेटर अनुप सुनुवार, राजाराम गौतम भीम बहादुर कुँवर ९राजु०, सिनेटर सन्दीप अग्रहरी विजयी भएका हुन् भने महासचिवमा जेसी सरोज अधिकारी, कानूनी सल्लाहकारमा सिनेटर नरेश चन्द्र ओझा, कोषाध्यक्षमा जेसी खेमराज थापा मनोनीत भए। त्यसैगरी उपाध्यक्षमा जेसी जेसी अमर घिमीरे, सौरब श्रेष्ठ, राजन शर्मा पौडेल, सिता कुमारी भण्डारी, एलिना महर्जन, बहादुर तामाङ, स्वपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नवराज उपाध्याय, गणेश सापकोटा र अचुत उप्रेती आयुष निर्वाचित भएका हुन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८