काठमाडौं । उधोग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले कुनै पनि कुतर्क नगरी परिणाममुखी काम गर्न मन्त्रालय मातहतका प्रमुखहरुलाई कडा निर्देशन दिएका छन् ।
मन्त्री रिजालले मन्त्रालयमा सचिव, सहचिव, महानिर्देशक तथा मातहतका बिभिन्न सार्वजनिक निकायका प्रमुखहरु माझ खरो रूपमा प्रस्तुत हुँदै निर्देशन दिएका हुन् ।
आर्थिक वर्ष २०८०र८१ को मंसिर महिनासम्मको प्रगति समीक्षाका लागि आज मन्त्रालयमा बैठक बसेको थियो ।
देश विकास र जनताको काम गर्न कसैले पनि ‘तर, पनि, यदि’ जस्ता शब्द प्रयोग गरेर उम्कन नपाउने मन्त्री रिजालको भनाइ थियो । ‘कानून विपरित जाने हैन, सबैले परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्नुहोस्’, मन्त्री रिजालले भने, ‘आफ्ना कमीकमजोरीहरुलाई ढाकछोप नगरी ईमान्दारीताका साथ् काम गर्नुहोस, कुनै पनि तर्क दिएर कसैले पनि काम टाल्न नखोज्नुहोस् ।’ देशको परिस्थिति, जनअपेक्षा र सरकारको अभिभारा बुझ्न मन्त्री रिजालले सबैलाई आग्रह समेत गरे । यो समयमा अपेक्षित काम हुन नसकेको भन्दै मन्त्री रिजालले भन्नु भयो ‘तपाईंहरुको कामबाट म खुसी छैन, ईमान्दारीका साथ परिणाममुखी काम नगर्ने हो भने नैतिकताको आधारमा बाहिरिने वातावरण बनाउनुहोस ।’ ‘विश्वासका साथ सबैलाई जिम्मेवारी दिइएको छ, त्यो जिम्मेवारी पुरा गर्नुस।’
ऐन कानूनले ढिलासुस्ती भएको छ भने त्यो पनि भन्न आग्रह गर्दै मन्त्री रिजालले त्यस्ता ढिलासुस्ती निरूपण गर्नेतर्फ आफ्नो ध्यान जाने भन्दै अब कहीं पनि ढिलासुस्ती स्वीकार्य नहुने समेत स्पष्ट पारे ।
आर्थिक वर्ष २०८० र ८१ को मंसिर महिनासम्मको खर्चमा चालु तर्फ ३१ दशमलव शुन्य दुई प्रतिशत अर्थात १ अर्ब ५० करोड ३२ लाख रुपैंया, पुँजीगत तर्फ ३ दशमलव शुन्य छ प्रतिशत अर्थात १० करोड १० लाख रुपैंया गरी कुल १९ दशमलव ७ एक प्रतिशत अर्थात १ अर्ब ६० करोड ४२ लाख रुपैंया खर्च भएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८