काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको भावी अध्यक्षमा करण चौधरी चुनिने भएका छन् । चौधरीका प्रतिस्पर्धी आकाश गोल्छा र प्रकाश कपुरीले चौधरीलाई समर्थन दिएसँगै उनी सर्वसम्मत रुपले पक्का हुने भएका हुन् ।
आज साँझ बसेको बैठकले चौधरीलाई अध्यक्ष बनाउने सहमति गरेको हो । चौधरीले आगामी कार्यकालमा आकाश गोल्छालाई सहयोग गर्नेगरी सहमति भएको स्रोतले जनाएको छ ।
यस्तै अध्यक्षका अर्का प्रत्यासी प्रकाश कपुरीलाई यही कार्यसमितिमा सहभागी गराउने सहमति जुटेको छ ।
नाडाको ४७औँ वार्षिक साधारणसभा पुस २० र २१ गते हुने भएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८