काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रका पसलमा प्याकेजिङ गरेर बिक्री वितरण हुने खाद्यान्नका सामानहरु अब बाहिरजस्तै सस्तोमा पाइने भएको छ ।
नेपालका विमानस्थलहरुमा सञ्चालित पसलहरुले पानी, बिस्कुट, चाउचाउ, चिया कफि जस्ता आधारभूत आवश्यकताका वस्तुमा तोकिएको अधिकतम खुद्रा बिक्री मूल्य भन्दा बढी मूल्य लिन नपाउने गरी प्राधिकरणको एक अध्ययन समितिले सुझाव दिएको छ ।
प्राधिकरणले विमानस्थलभित्रका पसलहरुमा सामान महंगो भएको गुनासोलाई सम्बोधन गर्न प्राधिकरणकै उपमहानिर्देशक जगन्नाथ निरौलाको संयोजकत्वमा एक समिति गठन गरेको थियो ।
सो समितिले मंगलबार प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई प्रतिवदेन बुझाएको छ । उक्त प्रतिवेदनमा विमानस्थल भित्र बिक्री हुने बिस्कुट, चाउचाउ, पानीसहितका प्याकेजिङका सामानहरुमा अधिकतम खुद्रा (एमआरपी) मा नै बिक्री गर्नुपर्ने भनि प्राधिकरणलाई सिफारिस गरेको छ ।
देशभरका विमानस्थल भित्र राखिएका वस्तु तथा सेवाको व्यापार गर्ने पसलहरुले लिन पाउने मूल्यको सीमा तोक्न नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक २ मा उच्चस्तरीय समिति समेत गठन गरेको थियो ।
विमानस्थल भित्रका पसलको मूल्य बाहिरी बजारको तुलनामा महँगो हुने तर उपभोक्ताबाटै यसबारे पटक पटक गुनासो आइरहेकोले गत कात्तिकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थल भित्र अनुगमन गरेका थिए । सो क्रममा कतिपय पसलमा एमआरपी नराखिएको र कतिपयमा महँगो मूल्य राखेको पाइएपछि विमानस्थल व्यवस्थापनले वाणिज्य विभागलाई अनुगमन गर्न सुझाव दिएको थियो ।
प्राधिकरणले तोकेको मूल्यमा भाडा तिर्नुपर्ने, अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्नुपर्ने भएकाले बाहिरकै बजारको मूल्य राख्दा त्यसले गुणस्तरमा पर्ने प्रभाव समेतको अध्ययन गरी सीमा तोक्न बिहीबार प्राधिकरणले उच्चस्तरीय अध्ययन समिति गठन गरेको थियो ।
पसलहरुले वस्तु तथा सेवाको मूल्य निर्धारण गरी बिक्री गर्दा थोक मूल्यमा विधुत महसुल, बहालको ठेक्का रकम, संरचना, साज सज्जा गर्दा लाग्ने रकम, तालिम प्राप्त कर्मचारी लगायत अन्यमा हुने खर्च र सेवा समेतलाई ध्यानमा राखी कुल खर्चमा कानून अनुसार लिन पाउने अधिकतम नाफा नबढ्ने गरी बिक्री गर्नुपर्ने र त्यसका लागि कार्यालयहरुले निर्देशन दिनुपर्ने सिफारिस समेत समितिले गरेको जनाएको छ ।
साथै यसका लागि मूल्य सूची सार्वजनिक गरी यस सम्बन्धी कानूनी व्यवस्थाका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा आवश्यक संशोधन भने गर्नुपर्ने छ ।
यसै अनुसार वस्तुको मूल्य निर्धारण गर्दा अस्वभाविक मूल्य राख्न नपाईने समेत समितिको सिफारिस छ भने प्रत्येक पसमा बिक्री गरिने वस्तु र सेवाको मूल्यसूची अनिवार्य राख्नु पर्ने समेत सिफारिस समितिले गरेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८