काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको विमानमा नवजात शिशु मृत अवस्थामा भेटिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बुधबार बिहान ९ बजे काठमाडौं अवतरण गरेको उक्त्त जहाजको शौचालयमा नवजात शिशु फेला परेको जानकारी दिए।
‘बिहान ९ बजे त्रिभुवन विमानस्थलमा एयर अरेबियाको जहाजको शौचालयमा मृत नवजात शिशु फेला परेको थियो । शिशु हेर्दा मिसक्यारेज (समय नपुगी) जन्मेको जस्तो देखिने’ उनले बताए ।
झाले आमा (नेपाली महिला) लाई उपचारका लागि प्रहरीले अस्पताल लगेको जानकारी दिए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८