काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज २ वटा औषधि पसलमा शिलबन्दी गरेको छ भने अर्को एउटालाई आजै सुधारका लागि १५ दिनको समय दिएको जनाएको छ ।
शिलबन्दी गरिएका पसलहरुमा वडा नं. १७ ठमेलमा रहेको हिमालय स्टोर, वडा नं. ३ महाराजगञ्जमा रहेको माइबेनी मेडिकल हल रहेका छन् । यसै गरी वडा नं. १ मा रहेको कृषु आयुर्वेदिक फार्मेसीलाई सुधारका लागि १५ दिन समय दिइएको छ ।
स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार, दर्ता नभएको, एउटा प्रयोजनमा दर्ता भएको अर्को प्रयोजनमा ल्याइएको, अनधिकृत औषधि बेचेको, पसलमा म्याद सकिएको औषधि पाइएकोले फार्मेसीलाई शिलबन्दी गर्नु परेको हो।
साथै अनुगमनका लागि स्वास्थ्य विभागका अधिकारीसँग महानगर प्रहरी बलको टोली गएको थियो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८