काठमाडौं । काठमाडौं उपत्यकामा यो वर्ष अहिलेसम्मकै कम तापक्रम मापन भएको छ। बिहीबार बिहान न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए।
काठमाडौं उपत्यकामा अझै चिसो बढ्ने क्रम जारी रहेको उनले बताए। बिहीबार अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्नसक्ने अनुमान गरिएको छ ।
यस्तै आगामी तीनदिन देशका केही भुभागमा आशिंक बदली भएपनि सामान्यतया मौसम सफा रहने मौसमविद् अधिकारीले जानकारी दिए। काठमाडौं र तराईका भूभागमा बिहान हुस्सु लागेपनि घाम लाग्ने र हुस्सु हट्दै जाने जानकारी दिए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८