काठमाण्डौं । दक्षिण अफ्रिकासँगको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जितेको छ । गएराति भएको तेस्रो तथा निर्णायक खेलमा भारतले दक्षिण अफ्रिकालाई ७८ रनले हराउँदै शृङ्खला २–१ ले जितेको हो ।
जितका लागि २ सय ९७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५ ओभर ५ बलमा २ सय १८ रनमा अलआउट भएको थियो । उसका टोनी डी जोर्जीले ८१ रन जोडे पनि जित भने भएन ।
भारतका अर्शदीप सिंहले ४ तथा आवेश खाँ र वासिङ्टन सुन्दरले समान २र२ विकेट लिए । त्यसअघि पार्लमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९६ रन बनाउन सफल भयो । उसका सञ्जु स्यामसनले सर्वाधिक १ सय ८ रनको शतकीय पारी खेलेका हुन् । सञ्जुको यो अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक पनि हो ।
साथै, तिलक बर्मा ५२ रनमा आउट भए । दक्षिण अफ्रिकाका बेउरान हेन्ड्रिक्सले ३ तथा नान्द्रे बर्गरले २ विकेट लिए । पहिलो खेलमा भारत ८ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा दक्षिण अफ्रिकाले भारतलाई ८ विकेटले नै हराएको थियो । अब दुई देशबीच दुई खेलको टेस्ट शृङ्खला हुनेछ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८