सिमरा–बाराको जीतपुरसिमरा–४ औराहास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका दुई सय २५ विद्यार्थीलाई जुनतारा फाउण्डेशनले न्यानो पोशाक वितरण गरेको छ ।
विद्यालयका शुक्रबार आयोजित एक कार्यक्रमका विच फाउण्डेशनले उपलब्ध गराएको न्यानो कपडाका रुपमा जाडोमा लगाउने टोपी, ट्रयाक सुट सेट सिसुदेखि कक्षा पाँच सम्मका विद्यार्थीलाई वितरण गरिएको हो ।
कार्यक्रममा बारा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसान, प्रदेश सांसद देवनारायण चौधरी, पूर्व प्रदेश सांसद सुन्दर विश्वकर्मा, सिमरा खानेपानी संस्थाका अध्यक्ष कासिम हुसेन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नसिम हुसेन,विद्यालयका प्र.अ.रामदत्त जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
फाउण्डेशनका अध्यक्ष सापकोटाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नसिम हुसेनलाई पोशाक हस्तान्तरण गरेका थिए । हस्तान्तरण गरिएको पोशाक फाउण्डेशनका सदस्य र शिक्षक शिक्षिकाले लगाईदिएका थिए ।
फाउण्डेशनका अध्यक्ष विनोद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेशनका सदस्य, अभिभावक, शिक्षक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
विद्यार्थी जीवनकालमा स्थापना गरेको जुनतारा समुहलाई स्थानीय युवाहरुले फाउण्डेशनमा रुपान्तरण गरेर शिक्षा, खेलकुद लगायत सामाजिक कार्यमा सहयोग पु¥याउँदै आएको अध्यक्ष विनोद सापकोटाले जानकारी दिए ।
तिहारको शुभकामनासँगै सामाजिक सञ्जालमार्फत आह्वान गरेर पोशाक खरिदका लागि सहयोग जुटाईएको थियो । प्रति पोशाक आठ सयका दरले खरिद गरिएको जनाईएको छ ।उक्त कार्यक्रमको संचालन सोही विद्यालयका शिक्षक धनप्रसाद बजगाईंले गरेको थिए । शिक्षिक बजगाई जुनतारा फाउण्डेशनका सदस्य समेत हुन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८