काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे शुरु हुने पहिलो खेलमा बुटवल लुम्बिनी र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।
बुटवल लुम्बिनी ७ अंकसहित तालिकाको अन्तिम अर्थात् नवौँ स्थानमा रहको छ भने वीरगञ्ज ८अंकसहित सातौँ स्थानमा छ। दुवै टोली प्रतियोगितामा जित निकाल्दै प्लेअफ प्रवेश गर्ने लक्ष्यमा रहेकाछन् ।
आजै अपराह्न ५ बजे हुने सो खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीचको भ्याली डर्बी भिडन्त हुँदैछ। काठमाडौं रेजर्स ९ अंकसहित तालिकाको छैटौँ स्थानमा छ भने ऊ ललितपुरलाई पराजित गर्दै प्लेअफ प्रवेश गर्न चाहन्छ।
१० अंकसहित तेस्रो स्थानमा रहेको ललितपुर पनि प्लेअफ प्रवेशका लागि जितको दबाबमा रहेको छ। तर अर्को खेलको नतिजा अनुकुल भएमा बराबरीको नतिजाले समेत ललितपुरलाई प्लेअफको बाटो खुल्न सघाउ पुग्नेछ। यसअघि पोखरा थण्डर्स र धनगढी एफसीले प्लेअफमा स्थान बनाइसकेका छन्।
आज शनिबार दुई टोलीको टुंगो लागेसँगै पर्सिदेखि क्वालिफायर खेल शुरु हुनेछ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८