काठमाडौं । हिमालयन बैंक सेयरधनीको सेयर अनुपात कायम गर्न प्रिमियम मूल्यमा थप सार्वजनिक निष्कासन एफपीओ निष्कासन गर्ने भएको छ ।
बैंकले पुस २९ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभामा एफपीओको मूल्य निर्धारण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।
यस्तै सभामा संस्थापक सेयरधनीहरुको तर्फबाट ५ जना र सर्वसाधारणको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ । सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले पुस २० गते बुक क्लोज गर्ने जनाएको छ । पुस १९ गतेसम्म कायम रहने सेयरधनीले मात्रै सभामा भाग लिन पाउनेछन् । यो पटक बैंकले लाभांश भने नदिने जनाएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८