काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीका घटनाहरु सार्वजनिक भइरहेका छन् । तर, सुन तस्करी भइरहेको घटनाको छानबिन र अनुसन्धानका लागि आवश्यक पर्ने सीसीटीभी फुटेजसमेत विमानस्थलसँग २१ दिनको मात्र हुने गरेको पाइएको छ ।
त्रिभुवन विमानस्थलबाट दैनिकजसो सुनको तस्करी हुँदा अन्तर्राष्ट्रिय स्तरमा नेपालको शाख गिरिरहेको अवस्था छ तर विमानस्थलको सुरक्षामा भने जिम्मेवार निकाय गम्भीर भएको देखिएको छैन।
सुन तस्करीको घटनाबारे छानबिन गरिरहेको भन्सार विभाग र प्रहरीले विमानस्थलको एक महिनाभन्दा अघिको सीसीटीभी फुटेज खोजेको थियो तर विमास्थल प्रशासनले भने २१ दिनसम्मको मात्र फुटेज उपलब्ध हुने जनकारी दियो ।
‘हामीले सुनको तस्करीका बारेमा छानबिन गर्नका लागि एक महिना भन्दा अघिको सीसीटीभी फुटेज खोजेका थियौं’, सुन तस्करीबारे अनुसन्धान गरिरहेका एक अधिकारीले भने, ‘तर विमानस्थल जस्तो क्षेत्रमा २१ दिनको मात्र फुटेज हुने र त्यसअघिको मेटिँदै जाने अवस्था रहेछ।’
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८