काठमाडौं । नबिल बैंकको सम्पन्न सारणसभाले सेयरधनीलाई दिने भनेको लाभांश पारित गरेको छ ।
उक्त्त सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । बैंक आ.व. २०७९/८० मा ६ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
नबिलले वित्तीय क्षेत्रमा करिब चार दशक समय अघिदेखि गुणस्तर बैंकिङ सेवा प्रदानगर्दै आइरहेको छ ।
नबिल बैंकले सामाजिक उद्यमशीलता विकासकालागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम सञ्चालन गरेको छ । समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधानगर्ने, नवीन सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिने लक्ष्यसहित यो कार्यक्रम शुरु गरिएको हो ।
साधारण सभामा बैंकका अध्यक्ष पौड्यालले विगतका वर्षहरूमा बाँडफाँड गरेको नगद लाभांशका साथै बजार पूँजीकरण तथा जेथामा भएको अभिवृद्धि समेतलाई दृष्टिगत गर्दा नबिल बैंकमा शेयरधनीहरूले लगानी गरेका स्थापनाकालको चुक्ता पूँजी हाल सम्मआउँदा ९६० गुणाले वृद्धि भएको कुरा बताए ।
नबिलले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवाप्रदान गर्दै आएको छ । बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवाप्रदानगर्दै आफ्ना सबै सरोकारवालाहरूसँग सँगै अघि बढ्ने विश्वास राखेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८