काठमाडौं । नेपाली राष्ट्रिय टोलिका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज पनि सुनुवाइ हुनेछ ।
जिल्ला अदालत काठमाडौंमा गत आइतबारदेखि सुरु भएको बहस लम्बिएपछि आजका लागि हेर्दा हेर्दैमा राखिएको हो ।
बुधबार वादी पक्षको बहस सकिएकोमा बिहीबार प्रतिवादीतर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए । बिहीबार प्रतिवादी लामिछानेको तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्ण सापकोटा लगायतले बहस गरेका थिए । बहसपछि न्यायाधीशले फैसला सुनाउनेछन् ।
यसअघि, नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका काठमाडौँले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश समेत गरेको थियो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८