काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको विद्यमान आर्थिक अवस्था र भावी कार्यदिशाबारे नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकलाई जानकारी गराए ।
अर्थमन्त्री महतले पछिल्लो एक वर्षमा आर्थिक क्षेत्रमा भएका काम र भविष्यमा सम्पादन गरिने कामबारे आज पार्टीलाई जानकारी गराएको उनको निजी सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बैठकमा मन्त्री महतले उच्च, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने, मौद्रिक तथा वित्तीय क्षेत्रमा सुधार, बाह्य क्षेत्र सुधार र सार्वजनिक वित्त सुधारको कार्यदिशा प्रस्तुत गर्नाका साथै आफूले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल नरहेका तर सरकारको निरन्तरको प्रयासबाट तिनमा सुधार हुँदै भएको मन्त्री महतले बताए ।
अर्थतन्त्रका अधिकांश परिसूचकहरु सुधारोन्मुख रहेका, एसियाली विकास बैङ्कले नेपालको आर्थिक वृद्धि चालु आर्थिक वर्षमा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण गरेकामा सरकारको प्रयास ६ प्रतिशत पु¥याउने रहेको अर्थमन्त्रीले जानकारी दिए ।
गत कात्तिकमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ३८ प्रतिशत रहेको जानकार दिँदै उनले त्यसलाई वाञ्छित सीमाभित्र राख्ने प्रयास जारी रहेको बताए । चालु आर्थिक वर्ष २०८०-८१ को मङ्सिर मसान्तसम्ममा राजश्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ दशमलव दुई प्रतिशतले बढेर तीन खर्ब ६३ अर्ब ४३ करोड, सोही अवधिमा चालु खर्च एक दशमलव छ प्रतिशत, पुँजीगत खर्च छ दशमलव एक र वित्तीय व्यवस्थातर्फको खर्च २१ दशमलव दुई प्रतिशतले बढेको बैठकमा अर्थमन्त्रीले जानकारी दिए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८