काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई ८ महिनामा गरेका ८ कामको विवरण मागेका छन् । बिहीबारबाट सुरु भएको कांग्रेसको केन्द्रीय समितिको बैठकमा उनले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई नागरिकको जीवन परिवर्तन हुने गरी ८ महिनामा गरेका ८ कामको विवरण मागेका हुन् ।
महामन्त्री थापाले अब एक वर्षमा सरकारमा बसेर गर्ने कामको लक्ष्य निर्धारण गर्नुपर्ने समेत बताए । उनले ती लक्ष्य पुरा नगर्ने मन्त्री परिवर्तन गर्नुपर्ने पनि बताए । अरू पार्टीसँग मिसन ८४ भन्न छुट रहेको भन्दै उनले कांग्रेससँग त्यो छुट नरहेको पनि बताए ।
उनले छलफल गरेर नीति अधिवेशनबाट मिसन गुणस्तरीय शिक्षा, मिसन सर्बसुलब स्वास्थ्य, मिसन मर्यादित रोजगारी तय गर्नुपर्ने बताए । ४ वर्षमा यी कुरा पुरा गरेर जनतासामु जानुपर्ने उनले बताए ।
महामन्त्री थापाले पार्टीभित्र सरसल्लाह नगरी पार्टीको धारणा भनेर गठबन्धनको बैठकमा निर्णय गर्न नहुने समेत बताएका छन् । त्यस्तो निर्णयको भारी निर्णय गर्ने एक्लैले बोक्नुपर्ने उनले बताए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८