काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले हकप्रद सेयर निष्काशनका लागि बुक क्लोजनको मिति तय गरेको छ । कम्पनीले पुस २२ गते बुक क्लोज गर्ने भएको छ । २२ गते भन्दा अघिल्लो कारोबार दिनसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ हुनेछ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८