काठमाडौं । सिटिजन्स क्यापिटल र युनाइटेड मेवाखोला हाइड्रोपावर बीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा युनाइटेड मेवाखोला हाइड्रोपावरका कार्यकारी अध्यक्ष आशिष थापा तथा सिटिजन्स क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सिटिजन्स क्यापिटले युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।
युनाइटेड मेवाखोला हाइड्रोपावरले निमार्ण गरिरहेको आयोजना “मेवा खोला जलविधुत आयोजना” ताप्लेजुङ्ग जिल्लामा अवस्थित रहेको छ । आयोजना ५० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८