काठमाडौं । टोक्योको हानेदा विमानस्थलमा जापान एयरलाइन्सको विमान धावनमार्गमा ठोक्किँदा विमानमा सवार पाँच जनाको मृत्यु भएको छ ।
जापानका यातायातमन्त्री तेत्सुओ साइतोले पाँच जनाको मृत्यु भएको पुष्टि भएको बताए । जापान एयरलाइन्सको विमान धावनमार्गमा तट रक्षकको विमानसँग ठोक्किएपछि आगलागी भएको मिडिया रिपोर्टले जनाएको छ ।
प्रसारक एनएचकेमा तस्बिरहरूमा विमानको तल पछाडि सुन्तला रङको आगोको विस्फोट हुनुअघि विमान धावनमार्गमा अगाडि बढिरहेको देखाइएको छ ।
एनएचकेका अनुसार एयरबस विमानमा सवार सबै तीन सय ६७ यात्री र चालक दलका १२ सदस्यलाई सुरक्षित निकालिएको थियो । क्योदो समाचारअनुसार विमानमा आठ बालबालिका पनि रहेका थिए ।
यसअघि तट रक्षक विमानमा चालक दलका छ सदस्यमा एक जना सुरक्षित रहेको र अन्य पाँच जनाको अवस्था थाहा नभएको एनएचकेले बताएको थियो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८