• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Thu, 22, Jan, 2026
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / अर्थ

बागलुङमा सहिद विश्व श्रम रोजगार बैङ्क सञ्चालनमा

४९०८७ पाठक संख्या

टुडे दैनिक संवाददाताJanuary 3, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं । विदेश पलायनलाई घटाई युवालाई गाउँमै रोजगारी दिन बागलुङको ताराखोला गाउँपालिकाले ‘सहिद विश्व श्रम रोजगार बैङ्क’ सञ्चालनमा ल्याएको छ । अर्गलस्थित गाउँपालिकाको सभाकक्षमा मङ्गलबार आयोजित उक्त समारोहमा श्रम रोजगार बैङ्कको कार्य शुभारम्भ गरिएको हो ।

सांसद देवेन्द्र पौडेलको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले श्रम रोजगार बैङ्कमा आबद्ध ६७ सदस्यलाई शपथ ग्रहण गराएका थिए । युवालाई गाउँमै रोजगारी सिर्जना, स्थानीय सीप र श्रमको सदुपयोग, मानव संसाधनमार्फत गाउँपालिकाको समग्र विकासलागयत उद्देश्य राखेर श्रम रोजगार बैङ्क सञ्चालनमा ल्याइएको उनले बताए ।

रोजगार बैङ्कमा आबद्ध सदस्यलाई गाउँपालिकाले सञ्चालन गर्ने विकास निर्माणका आयोजना, निजी क्षेत्र, निर्माण व्यवसाय, कृषि, सहकारी र उद्यमका विकासका काममा लगाइने उनको भनाइ छ । “गाउँपालिकामा सञ्चालन हुने विकास योजना, ढुङ्गाखानी उत्खननलगायत स्थानीय उद्योगधन्दामा आवश्यक जनशक्ति आपूर्ति र रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई न्यूूनीकरण गर्न श्रम रोजगार बैङ्क सञ्चालनमा ल्याइएको हो,” अध्यक्ष बिकले भने “पहिलो चरणमा वडा तहबाट आवेदन सङ्कलन गरेर रोजगार बैङ्कमा ६७ जनालाई सूचीकृत गरेका छौँ ।”

स्थानीय दक्ष जनशक्ति परिचालन गरी विकास योजनालाई समयमै र गुुणस्तरीय रुपमा सम्पन्न गराउने, युवाको सीप र दक्षताको प्रयोगमार्फत सामाजिक रुपान्तरण, सामाजिक विकृति न्यूनीकरण, श्रमिकको सम्मान र सुरक्षा गर्ने बैङ्कको उद्देश्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवीले बताए ।
गाउँपालिकाले बजेट विनियोजन गरेका, सङ्घीय र प्रदेशका आयोजनामा श्रम बैङ्कमार्फत जनशक्ति आपूर्ति गरिने उनले उल्लेख गरे । गाउँपालिकाभित्र रहेका निर्माण व्यवसायी र सञ्चालकहरुलाई पनि रोजगार बैङ्कमा सूचीकृत गरिने उल्लेख गरेको छ।

चालु आर्थिक वर्षमा रु तीन करोड छ लाख बजेट बराबरको योजना श्रम बैङ्कमार्फत कार्यान्वयन गरिने गाउँपालिकाका प्रशासकीय अधिकृत प्रकाश गैरेले बताए । “विकास निर्माणका अलावा सामाजिक गतिविधिमा पनि श्रम बैङ्कका जनशक्तिलाई परिचालन गर्छौं,” उनले भने, “श्रम बैङ्क सञ्चालनका लागि कार्यविधि बनाएका छौँ, श्रमिकको सम्मान र श्रमको उचित ज्यालाको सुनिश्चितता गर्न गाउँपालिका प्रतिबद्ध छ ।”

गाउँपालिकाले ताराखोलामा रहेका सबै दुुई हजार दुई सय घरधुरीबाट एक–एकजनालाई बैङ्कमा आबद्ध गराउने लक्ष्य लिएको छ । कार्यविधिमा दैनिक आठ घण्टा काम गर्ने मजदुुरलाई गाउँपालिकाको योजनामा प्रतिघण्टा रु एक सय १०, प्रदेश, सङ्घीय योजना र निजी क्षेत्रका काममा प्रतिघण्टा रु एक सय १५ का दरले ज्याला उपलब्ध गराइने व्यवस्था रहेको छ ।

मासिक रु १७ हजार तीन सय ज्यालामध्ये ३१ प्रतिशत सामाजिक सुरक्षा कोषमा जम्मा गरिने भएको छ । गाउँपालिकाले श्रमिकलाई काम दिन नसके वा श्रमिकको एक महिनाको ज्याला रु १० हजार आठ सय २० भन्दा कम दिएमा सामाजिक सुुरक्षा कोषमा गाउँपालिकाले २० प्रतिशत र श्रमिकले ११ प्रतिशत जम्मा गर्ने व्यवस्था गरिएको छ ।

एक महिनाको ज्याला रु १० हजार आठ सय २० भन्दा बढी भएमा गाउँपालिकाले १० प्रतिशत र श्रमिकले २१ प्रतिशत बराबरको रकम जम्मा गर्नुुपर्नेछ । श्रम बैङ्कमा आबद्ध निर्माण व्यवसायीले सामाजिक सुुरक्षा कोषमा २६ प्रतिशत र गाउँपालिकाले ६ प्रतिशत जम्मा गर्नेछन् ।
श्रम बैङ्कमा आबद्ध श्रमिक र आश्रित परिवारलाई सामाजिक सुुरक्षा भत्ता, औषधि उपचार, मातृत्व सुुरक्षा योजना, बिरामी बिदा, दुर्घटना बीमा, किरिया खर्च, शैक्षिक छात्रवृत्ति लगायत सुविधा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । एकजना श्रमिकको सामाजिक सुरक्षाका लागि उनीहरुको १० प्रतिशत सहभागितासहित वार्षिक रु एक लाख १५ हजार १९ खर्च गरिने भएको छ ।

श्रम रोजगार बैङ्कमा आबद्ध सदस्यहरुका लागि कार्यस्थलमा मादक पदार्थ सेवन गर्न नपाउने, तोकिएको पोसाक र सामग्रीसहित गाउँपालिकाले लगाएको काम गर्नुपर्ने, काममा अनुपस्थित हुँदा व्यवस्थापकलाई जानकारी गराउनुपर्ने, सार्वजनिक रुपमा गाउँपालिकाविरुद्ध अभिव्यक्ति दिन नपाउने लगायतको आचारसंहिता बनाइएको गाउँपालिकाका अध्यक्ष बिकले बताए ।

श्रम रोजगार बैंकमा आबद्ध चन्द्रबहादुर रोकाले गाउँपालिकाले युवालाई लक्ष्य गरी रोजगारको कार्यक्रम ल्याएकामा खुशी व्यक्त गरे। केही दिनभित्रमा गाउँपालिकासँग सम्झौता गरेर सबै श्रमिक सदस्य कार्यस्थलमा खटिने उनको भनाइ छ । गाउँपालिकाका पाँचवटै वडाका युवा जनशक्ति श्रम रोजगार बैङ्कमा आबद्ध भएका छन् । युवाको आवेदन र वडा कार्यालयको सिफारिसका आधारमा गाउँ कार्यपालिकाले रोजगार बैङ्कमा आबद्ध हुने श्रमिकको छनौट गरेको थियो ।

१८ देखि ४० वर्ष उमेर समूहका युुवाका अतिरिक्त प्राविधिक सीपमा दखल राख्ने ६० वर्षसम्मका व्यक्तिहरुलाई समेत आवश्यकताका आधारमा श्रम रोजगार बैङ्कमा आबद्ध गरिने गाउँपालिकाले जनाएको छ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पौडेलले श्रमिकको सम्मान र सुुरक्षाका लागि ताराखोला गाउँपालिकाले देशमै नमुना कार्यक्रम सुरु गरेको बताए । गाउँमै रोजगारी सिर्जनाका साथै गुणस्तरीय पूर्वाधार विकासमा श्रम रोजगार बैङ्क कोशेढुङ्गा बन्ने उनले विश्वास व्यक्त गरे ।

सम्बन्धित पोस्ट
  • सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँ पुग्यो
  • निर्वाचन प्रहरीका लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग
  • सानिमा मिडल हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु
  • राष्ट्रिय विज्ञापन संघ नेपालको साधारणसभा सम्पन्न, ७ प्रदेशमा संगठन विस्तार गर्ने
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    सङ्गालो साकोसमा निराजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    साना किसान कृषि सहकारी सिमराद्धारा सहकारी शिक्षा तालिम सञ्चालन

    साना किसान कृषि सहकारी सिमराले आयोजना गरेको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

    अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव आज सम्पन्न

    साना किसान कृषि सहकारी सिमराद्धारा सेयर सदस्य पाण्डेको निधनमा आर्थिक सहयोग र श्रद्धान्जली प्रकट

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँ पुग्यो

    निर्वाचन प्रहरीका लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग

    सानिमा मिडल हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु

    राष्ट्रिय विज्ञापन संघ नेपालको साधारणसभा सम्पन्न, ७ प्रदेशमा संगठन विस्तार गर्ने

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?

    नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा सुभारम्भ

    प्रधानमन्त्री कार्कीले भनिन् सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन

    अनलाइन ठगीका घटना बढेपछि प्रहरीद्वारा सात बुँदे अनुरोध

    आज बालाचतुर्दशी पर्व, पितृको सम्झनामा शतबीज छरिँदै

    आजको मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदलीको सम्भावना

    आज विश्व निमोनिया दिवस मनाइँदै

    महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

    मोन्था चक्रवात: मोरङको सुन्दर हरैंचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा, कहिलेबाट हाेला मौसम सुधार ?

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    सङ्गालो साकोसमा निराजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    साना किसान कृषि सहकारी सिमराद्धारा सहकारी शिक्षा तालिम सञ्चालन

    साना किसान कृषि सहकारी सिमराले आयोजना गरेको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

    अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव आज सम्पन्न

    साना किसान कृषि सहकारी सिमराद्धारा सेयर सदस्य पाण्डेको निधनमा आर्थिक सहयोग र श्रद्धान्जली प्रकट

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    आज कृष्ण जन्माष्टमी , भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    कृषि मन्त्रीद्वारा बारा र पर्सा सहित ३५ वटा कृषि जोन थप, ५वटा जोन सुपरजोनमा स्तरोन्नती

    टुडे दैनिक

    सानिमा मिडल हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु

    राष्ट्रिय विज्ञापन संघ नेपालको साधारणसभा सम्पन्न, ७ प्रदेशमा संगठन विस्तार गर्ने

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?

    नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा सुभारम्भ

    प्रधानमन्त्री कार्कीले भनिन् सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक .............

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2026: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑