काठमाडौँ । एमजीको इलेक्ट्रिक गाडी चार्जिङमा राखेको अवस्थामा आगलागी भएपछि नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले स्पष्टिकरण दिएको छ । कम्पनीले बुधबार एक विज्ञप्ति जारी गर्दै चार्जिङमा रहेको बागमती प्रदेश–०१–०२७ च १५८१ नम्बरको जेडएस ईभी गाडीमा एकाएक आगलागी भएको थियो ।
गाडीमा पुस ९ गते मध्यराति १ बजे आगो लागेर नष्ट भएको घटनालाई लिएर प्रकाशित समाचार र सामाजिक सञ्जालमा भएको टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको हो । एमजी ब्राण्डका चार पांग्रे गाडीहरू उच्चतम् प्रविधिको प्रयोग गरी सुरक्षित रूपमा निर्माण गरि विश्वव्यापी रूपमा प्रयोग भइरहेको वितरक नेपाली कम्पनीको दावी छ ।
काठमाडौँ जिल्ला बुढानीलकण्ठ नगरपालिका वडा नं ३ देउवाचोकमा आगो लागी भई नष्ट भएको घटनाको सम्बन्धमा कम्पनीलाई जानकारी भएपश्चात तत्काल सोही दिन कम्पनीका प्राविधिक कर्मचारी समेतको टोलीले स्थलगत रूपमा घटनास्थलमा अवलोकन गरेको कम्पनीले जनाएको छ ।
स्थानीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट भएको सर्जिमिन मुचुल्का र प्रभागको पत्र व्यहोरा समेतमा भएको विवरण अनुसार उक्त घटनामा जलेको गाडी विद्युत प्रवाह भएको घरबाट केही स्थान पर खुला स्थानमा पार्किङ गरी साँझ ६ः०० बजे देखि चार्जमा राखेको अवस्थामा बिहान १ः१५ बजेको समयमा एक्कासी विधुतका तार शर्ट भई आगो लागी पूर्ण रूपमा जलेको प्रारम्भिक रूपमा देखिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८