काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेश कमिटिले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ ।
प्रदेश कमिटीको बैठकले तीनवटा निर्वाचन एकाइका लागि सम्भावित उम्मेदवारको नाम छनोट गरी बुधबार केन्द्रीय कमिटिमा पठाएको प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले जानकारी दिए ।
खुलातर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, बागलुङका मोहनलाल शर्मा र म्याग्दीका ममतादेवी शर्मा उपाध्यायको नाम सिफारिस गरिएको उनले बताए । अपाङ्गता र अलपसङ्ख्यकतर्फ कास्कीका मेघराज आचार्य, मुस्ताङका हेमन्त शेरचन र गोरखाका मीना बरामको नाम सिफारिस गरिएको छ ।
महिलातर्फ गोरखाका सम्झना देवकोटा, कास्कीका सगुन गुरुङ र स्याङ्जाका ईश्वरी सिग्देलको नाम केन्द्रमा पठाइएको एमाले प्रदेश कमिटिले जनाएको छ । राष्ट्रियसभाअन्तर्गत गण्डकीबाट प्रतिनिधित्व गर्ने तीन सदस्यको कार्यकाल आउँदो फागुन २० गतेबाट सकिँदैछ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८