काठमाडौं । आज विभिन्न तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
आजसम्म कायम रहेका सेयरधनीले बोटलर्स नेपाल (तराई), श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स र मन्दाकिनी हाइड्रोपावरको लाभांश पाउने छन् भने आगामी साधारणसभा पनि भाग लिन पाउनेछन् । यी कम्पनीहरुले भोली बुक क्लोज गर्दैछन् ।
आजसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् । बोटलर्स नेपालले गत वर्षको नाफाबाट लगानीकर्तालाई ६० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न पुस २७ गते साधारणसभा बोलाएको छ ।
श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट ५.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २९ गते वार्षिक साधारणसभा बोलाएको छ ।
मन्दाकिनी हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ गते वार्षिक साधारणसभा बोलाएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८