काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका विमान चालक सम्राट बहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि निज विरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको छ ।
विसं २०७१ फागुन १० गतेदेखि जुनियर क्याप्टेन पदमा नियुक्त भई आठौँ तहको क्याप्टेन पदमा बढुवा भएका चालक शाहीले बढुवा प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनका अनुसार शाहीका शैक्षिक प्रमाणपत्रका विषयमा आयोगमा उजुरी परेपछि छानबिन गर्दा निजले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएपछि विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।
शाहीले भारतको उत्तर प्रदेशस्थित सेकेन्डरी एजुकेशन काउन्सिल अन्तर्गत भिएसजे इन्टरकलेज गोरखपुरबाट प्रवीणता परीक्षामा प्रथम श्रेणी हासिल गरेको झुट्टा प्रमाणपत्र पेस गरेको प्रवक्ता घिमिरेले बताए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८