काठमाडौं । बैदेशिक रोजगार विभागले युद्धग्रस्त मुलुक रुस र युक्रेनमा नेपाली नागरिकलाई श्रम स्वीकृति नदिने भएको छ ।
दुवै देशमा संस्थागत वा व्यक्तिगत रुपमा नेपाली नागरिकहरुलाई श्रम स्वीकृति दिन रोक लगाइएको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।
उनले भने, “रुस र युक्रेनमा युद्ध भइरहेकाले नेपाली नागरिक त्यहाँ जाँदा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न र अर्को व्यवस्था नभएसम्मका लागि रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको छ ।”
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८