ओरेगन । अमेरिकामा एउटा घटना बाहिर आएको छ जसमा विमानको झ्याल उडानका क्रममा उखेलिएको छ । यो घटनापछि अलास्का एयरलाइन्सले आफ्ना सबै ६५ ‘बोइङ ७३७ म्याक्स ९’ विमानलाई ‘अस्थायी रूपमा’ उडान गर्नबाट रोक लगाएकाे छ ।
अलास्का एयरलाइन्सले सबै विमानहरूको जाँच गर्ने र त्यसपछि मात्र उडान गर्न अनुमति दिने बताएको छ। पोर्टल्याण्ड ९ओरेगन० बाट अमेरिकाको ओन्टारियो (क्यालिफोर्निया) जाँदै गरेको अलास्का एयरलाइन्सको विमानको एक भाग हावाको चापमा विमानबाट खसेको थियो । तर, सो विमान भने सकुशल अवतरण भएको थियो ।
स्थानीय समय अनुसार शुक्रबार साँझ यो घटना भएको हो । अलास्का एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा १७१ यात्रु र ६ जना चालक दलका सदस्य बोकेको विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको जनाएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८