ललितपुर । दक्षिण ललितपुर ग्रामिण विधुत सहकारी संस्थाको अध्यक्षमा गोविन्द प्रसाद बजगाँई विजयी भएका छन् ।
आज ललितपुरको चापागाउँमा भएको निर्वाचनबाट बजगाँईले निकटतम प्रतिश्पर्धी भिमसेन आचार्यलाई २ सय ७८ मतले पछि पारेर विजयी भएका हुन् ।
निर्वाचन समितीका अनुसार विजयी बजगाईँले ९ सय ४१ र निकटम प्रतिश्पर्धी ६ सय ६३ मत पाएका थिए । २२ औं बार्षिक साधारणसभाबाट विजयी भएसँगै बजगाँईले संस्थाको तेश्रो कार्यकालको जिम्मेवारी पाएका छन् ।
संस्थाको अध्यक्षका लागि नेकपा माओवादी निकट भिमसेन आचार्य र नेकपा एमाले निकट गोविन्दप्रसाद बजगाँई उम्मेदवार कायम रहेपछि निर्वाचन भएको हो ।
५ हजार ४ सय मतदाता रहेको सहकारीको निर्वाचन स्थलमा कुनै राजनीतिक दलको झैं चहल पहल थियो । पछिल्लो समयसम्म एमाले निकट हरिप्रसाद न्यौपानेले समेत अध्यक्षको दावी गरेको सन्दर्भमा अन्तिम समयमा उनलाई लेखा समिती संयोजक बनाएर उम्मेदवार बनाएसँगै आज दुई उम्मेदवार बजगाँई र आचार्य निर्वाचनमा होमिएका थिए ।
दक्षिण ललितपुरको कोञ्ज्योसोम, महाँकाल, वागमती गाँउपालिका संगै गोदावरी नगरपालिकाको वडा नं. ७ देविचौरका बासिन्दाहरुले यस सहकारीको व्यवस्थापनमा विधुत प्रयोग गर्दै आएका छन् । करिब ८ हजार उपभोक्ता रहेकोमा सहकारीका सदस्य भने ५ हजार ४ सय रहेको सहकारीले जानकारी दिएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८