काठमाडौं । पश्चिमी वायुको प्रभावले कोशी र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ ।
हिउँदे वर्षा हुनलाई ढिलो भए पनि जाडो भने बढ्दै गएको छ । तराईमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने तथा मध्याह्नसम्ममा क्रमिक रुपले सुधार हुँदै जाने महाशाखाले जनाएको छ । चिसोबाट बच्न महाशाखाले आवश्यक उपाय तथा सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।
भोलि (सोमबार) कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी भूभागमा मौसम पूर्ण रुपमा सफा रहने महाशाखाले जनाएको छ ।
यस्तै आगामी मंगलबार पनि वर्षाको कुनै सम्भावना छैन । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपात भने हुने महाशाखाको पूर्वानुमान छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८