काठमाडौं। पौष महिनाको कृष्ण पक्षको एकादशीलाई सफला एकादशी भनिन्छ । एकादशीको व्रत सम्पादन गर्नाले कार्यक्षमतामा अभिवृद्धि हुन्छ, मानसिक सामर्थ्य र शक्ति बढ्छ,आयुवृद्धि हुन्छ र आत्मिक उन्नतिमा शीघ्रता हुन्छ ।
धान्ने पूर्णे पछिको एकादशी, अर्थात् धान भित्राएर अन्न पूजा गरिसकेपछिको पहिलो एकादशी सफला एकादशी हो। नयाँ अन्नहरूलाई बिधिवत रुपमा भित्राएपछि आज चाहिँ अन्न नखाएर, चोखोनितो गरेर एकादशी व्रत बसिने चलन रहेको छ ।
एकादशी व्रत लिनाले हुने फाइदाका बारेमा पद्मपुराणमा उल्लेख गरिएको छ । यस दिन भगवान नारायणको विधिपुर्वक पूजा तथा आराधना गरिन्छ । सफला एकादशी व्रतको फल ठूला यज्ञ तथा महायज्ञ भन्दा धेरै हुने धार्मिक तथा शास्त्रीय विश्वास रहेको छ ।
पद्य पुराण अनुसार सफला एकादशीको अनुकम्पा सयौ महायज्ञ भन्दा धेरै हुन्छ । सफला एकादशीको व्रत लिदा पापबाट मुक्त हुने र कल्याण मिल्ने मान्यता रहेको छ ।
सफला एकादशीको दिन भगवान विष्णुको भक्तिभावका साथ पूजा गरिन्छ । वेद तथा पुराणमा उल्लेख भएका मन्त्रद्धारा देवदेवेश्वर हरि विष्णुको पूजा आराधना गरिन्छ भने रात्रीमा जाग्राम बसिन्छ । अरु एकादशीमा जस्तै यो एकादशीमा पनि शात्विक आहार व्यवहार गरि व्रत बस्नु पर्दछ ।
आजको दिन बिहानै स्नान गरि शुद्ध भई श्रीखण्ड चन्दन लगाई भगवान बिष्णुलाई कमल अथवा बैजयन्ती फूल, गंगाजल, पञ्चामृत, धूपदीप, नैवेद्ध चढाएर पूजा गर्नु पर्दछ ।
भोलीपल्ट अर्थात द्वादशीका दिन बिहानै ब्राम्हण तथा गुरुलाई भोजन गराएर दक्षिणा दिईसकेपछि मात्रै व्रतालुले भोजन गर्नु पर्दछ । एकादशीको व्रत लिन चाहने नरनारीले दशमीका दिनदेखि माछा,मासु, लसुन, प्याज, मुसुरो आदिको सेवन गर्नु हुँदैन ।
पूर्ण व्रह्मचर्यको पालना गर्नुपर्छ तथा भोगविलासबाट टाढा रहनुपर्छ । प्रातःकालमा ब्रस मन्जन गर्नुहुदैन, बरु नीम, जामुनो वा आपको पात चबाएर कुल्ला गर्नुपर्छ ।
यो एकादशीका दिन भगवान् विष्णुको श्रद्धा भक्ति एवं विधिपूर्वक पूजा गरिन्छ । पुण्य मन्त्रहरूद्वारा देवदेवेश्वरहरि विष्णुको पूजा आराधना गरिन्छ भने राती जाग्राम पनि बसिन्छ । यस एकादशीको व्रतपछि गुरु ब्राम्हणहरुलाई दिप अथवा दियो दान गर्नु फलदायी मानिन्छ ।
सफला एकादशीको व्रत विधि
प्रातः कालमा उठेर नित्य कर्म गरि स्नार गरेर शुद्ध वस्त्र धारण गर्नुपर्दछ ।
भगवान विष्णुको पूजा गर्नु पर्दछ । पूजा गर्दा शिरमा श्रीखण्ड चन्दन वा गोपी चन्दन लगाईदिनु पर्दछ । कमलको फूल अथवा वैयजन्ती फूल, फल, गंगा जल, पंचामृत, धुप, दीप सहित लक्ष्मी नारायणको पूजा तथा आरती गर्नुपर्दछ ।
दिनभर भगवान बिष्णुलाई सम्झिरहनु पर्दछ ।
सूर्य अस्त हुनुभन्दा पहिला फलाहार ग्रहण गर्नु पर्दछ । नुनको प्रयोग गर्नुहुदैन ।
एकादशीको राती भगवानको भजन किर्तन गर्नुपर्दछ ।
द्वादशीको दिन बिहानै उठेर स्नान गरि भगवान विष्णुको पूजा पस्चात व्राम्हण तथा गुरुलाई भोजन गराएर दक्षिणा दिईसकेपछि मात्रै ब्रतालुले भोजन गर्नु पर्दछ । यस दिन रातो कपडा तथा अन्न दान गर्नु विशेष शुभ मानिन्छ ।
सफला एकादशीको दिन माता लक्ष्मीलाई सुप र भगवान विष्णुको लागि मिश्री चढाउनु पर्दछ ।
ॐ ह्रीं श्रीं लक्ष्मीवासुदेवाय नमः
मन्त्रको जप १०८ पल्ट जप गरि सुप र मिश्री प्रत्यक दिन प्रसादको रुपमा ग्रहण गर्दा आार्थिक सम्पन्नता तथा सुख प्राप्त हुन्छ भन्ने शास्त्रिय मान्यता रहेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८