काठमाडौँ । भिभोले अनलाइन सपिङ प्ल्याटफर्म दराज नेपालसँगको सहकार्यमा आफ्ना स्मार्टफोनहरूमा नयाँ वर्ष विशेष अफरहरू घोषणा गरेको छ । यो विशेष अफरहरू जनवरी ५ देखि ११ जनवरीसम्म दराज नेपालमा मात्र लागू हुनेछन् ।
यो अफरमा धेरै स्मार्टफोनहरू समावेश गरिएका छन् जसमध्ये १३ हजार ५९९ रुपैयाँ सुरुवाती मूल्य रहेको भिभो वाई१एस (२ं३२ जीवी) ९ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको छ । त्यस्तै २३ हजार ९९९ रुपैयाँ सुरुवाती मूल्य रहेको भिभो वाई २० एस (४ं१२८ जीवी), १४ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ ।
२५ हजार ४९९ रुपैयाँ सुरुवाती मूल्य रहेको वाई २२ एस (६ं१२८ जीवी) अहिले एकदमै आकर्षक मूल्य १७ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । भी सिरिजकै सबैभन्दा उत्कृष्ट स्मार्टफोन भिभो भी२५ई (८ं१२८ जीवी) हाल ३१ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ ।
यस स्मार्टफोनको सुरुवाती मूल्य ३९ हजार ९९९ रुपैयाँ रहेको थियो । त्यसैगरी, ५२ हजार ९९९ रुपैयाँ सुरुवाती मूल्य रहेको भिभो भी२५ फाइभजी (८ं१२८ जीवी), हाल निकै सुलभ मूल्य ४१ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको छ ।
यसका साथै भिभोले ग्राहकहरूलाई अन्य स्मार्टफोन खरिदमा पनि विशेष अफरहरू ल्याएको छ । ग्राहकहरूले १५ हजार मूल्य भन्दा कमको स्मार्टफोन मोडेलहरूको खरिदमा बोतल प्राप्त गर्नेछन्, भने १५हजार देखि २० हजार रुपैयाँ दायराको स्मार्टफोन खरिदमा निकै ट्रेंडी साइडब्याग प्राप्त गर्न सक्ने छन् ।
त्यस्तै २० हजार देखि र ३५ हजार रुपैयाँ बिचको मूल्यका भिभो स्मार्टफोनहरूको खरिदमा ग्राहकहरूले उच्च गुणस्तरका ब्लुटुथ स्पिकरहरू प्राप्त गर्न सक्नेछन् भने रु ३५ हजार भन्दा माथिका स्मार्टफोनहरूका लागि इमर्सिभ अडियो अनुभव सुनिश्चित गर्ने उत्कृष्ट इयरबडहरू प्राप्त गर्नेछन् । दराजले भिभोसँगको सहकार्यमा सबै मोडलहरूमा ५०० देखि १००० का भाउचरहरू उपलब्ध गरिएको जनाएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८