काठमाडौं । नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आफ्ना उम्मेदवार तय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गएराति सम्पन्न बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार मनोनयनको निर्णय गरेको हो ।
बैठकले कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला (अन्य), मधेस प्रदेशमा आनन्दप्रसाद ढुङ्गाना (अन्य), बागमती प्रदेशमा जीतजङ्ग बस्नेत (अन्य), विष्णुदेवी पुडासैनी (महिला), गण्डकी प्रदेशमा किरणबाबु श्रेष्ठ (अन्य), पदमबहादुर परियार (अपाङ्गता/अल्पसङ्ख्यक) लाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यसैगरी लुम्बिनी प्रदेशमा विष्णुकुमारी सापकोटा (महिला), कर्णाली प्रदेशमा कृष्णबहादुर रोकाया (अन्य), सुदूरपश्चिम प्रदेशमा बलदेव बोहरा (अन्य) र नारायणदत्त भट्ट (अपाङ्गता/अल्पसङ्ख्यक) लाई उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस मुख्यसचिव कुष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसले सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार माघ ११ गते हुने कूल १९ पदमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा १० पदमा उम्मेदवार दिएको हो । कांग्रेसले सत्तारुढ गठबन्धनको ऐक्यबद्ध ढङ्गले अघि बढ्ने सहमतिबमोजिमका उम्मेदवारलाई विजयी गराउन सबैमा आह्वान गरेको छ । निर्वाचन आयोग नेपालले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८