काठमाडौं । एनएमबि बैंकले काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ (केआईओसीएच) लाई २५ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले केआईओसीएचका अध्यक्ष डा. भगवान कोइरालालाई सहयोग रकम प्रदान गरेका हुन्। बैंकले अस्पतालको बाल स्वास्थ्य सेवामा सुधार ल्याउने केआईओसीएचको प्रयत्नलाई सघाएको जनाएको छ।
समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्य आयोजना गर्दै आएको बैंकले जनाएको छ।
हाल एनएमबि बैंकले देशभर २०१ शाखा, १७१ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत कारोबार गर्दै आएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८