काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले बार्षिक साधारणसभा गर्ने र बार्षिक प्रतिवेदन पेश गर्ने समय चैत मसान्तसम्म थप्न माग गरेको छ ।
समता घरेलु लघुवित्त वित्तीय संस्थासँग गाभिने प्रकृयामा रहेकाले गत आ.व.को बार्षिक साधारणसभा बोलाउन ढिलाइ भएको भन्दै चैत मसान्तसम्म समय थप्न माग गरेको छ ।
धितोपत्र दता तथा निष्काशन नियमावली–२०७३ मा भएको व्यवस्था अनुसार बोर्डमा बार्षिक प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था भएकोमा संस्था समता घरेलु लघुवित्त वित्तीय संस्थासँग गाभिने क्रममा रहेकाले गत आ.व.को सभा बोलाउन र बार्षिक प्रतिवेदन पेश गर्न ढिलाइ भएको जनाएको छ ।
संस्थाले उक्त नियमावलीको नियम २७ बमोजिम बार्षिक प्रतिवेदन सहित विवरण पेश गर्न ढीलामा चैत मसान्तसम्मको समय थप्न बोर्डलाई माग गरेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८