काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्वका केही देशमा फैलिरहेको कोभिड–१९ सङ्क्रमणको नयाँ सब–भेरियन्ट जेएन वान नेपालमा पहिलोपटक फेला परेको पुष्टि गरेको छ ।
मन्त्रालयले नयाँ सब– भेरियन्ट जेएन वान फेला परेकाले सतर्क रहन सर्वसाधारणमा अनुरोध समेत गरेको छ । नयाँ भेरियन्टको सङ्क्रमण फैलन नदिन भीडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुनपानीले हात धुन मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिबाट सङ्कलित १६ वटा नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको ‘जिन सिक्वेन्सिङ’ मा सातवटा नमूनामा ओम्निक्रोनको सब–भेरियन्ट जेएन वान देखिएको बताए ।
मन्त्रालयले सङ्क्रमण रोक्न नेपाल–भारत सीमानाकाका प्रवेशद्धारमा ‘हेल्थ डेस्क’ स्थापना गर्न स्वास्थ्य कार्यालयहरूलाई निर्देशन दिएको छ भने आवश्यक स्क्रिनिङ र निगरानी निरन्तर गर्न आग्रह गरेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८